इन्द्रावती गाउँपालिकाले ९९ करोडको बजेट – सहित नीति तथा कार्यक्रम

इन्द्रावति, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९९ करोड ४४ लाख ३० हजार रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिकाको केन्द्र नवलपुरमा आयोजित आठौं गाउँसभामा बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले आगामी वर्षको समग्र बजेटबारे जानकारी दिँदै संघीय सरकार, प्रदेश सरकार तथा विभिन्न संघसंस्थाबाट प्राप्त अनुदान र स्रोतसाधनबाट बजेट विनियोजन गरिएको बताए। उनले कुल बजेट १ अर्ब पुग्न ५५ लाख ७० हजार रुपैयाँ कम भएको जानकारी दिए।

कार्यक्रममा उपाध्यक्ष शोभना तामाङले बजेट वक्तव्य प्रस्तुत गरेकी थिइन्। यस्तै, नीति तथा कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष तथा प्रवक्ता शशिनाथ आचार्यले गाउँसभामा पेश गरेका थिए। प्रस्तावित बजेट तथा नीति आउँदो असार २७ गते बस्ने गाउँसभाबाट पारित गरिने बताइएको छ।

हेर्नुस् इन्द्रावती को नीति तथा कार्यक्रम

१५ असार २०८२, आईतवार ११:१२