/*php the_title();*/?>

टीका सुबेदि, सिन्धुपाल्चोक ।
महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ, जबकि लिसंखु पाखर गाउँपालिकाले सबैभन्दा बढी बेरुजु देखाएको उल्लेख छ।
लेखापरीक्षण विवरणअनुसार इन्द्रावती गाउँपालिकाको बेरुजु रकम १.४६% रहेको छ। यो रकम जिल्लाका अन्य स्थानीय तहहरुभन्दा न्यून हो। लिसंखु पाखर गाउँपालिकाको बेरुजु रकम भने ५.1५ प्रतिशत रहेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिताको अभावले बेरुजु बढेको जनाएको छ। प्रतिवेदनमा समयमै लेखापरीक्षण, सार्वजनिक खर्च विवरण, नियमित अनुगमन र समिक्षालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।
यता, लिसंखु पाखर गाउँपालिकाबाट भने अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन। महालेखा परीक्षकको सिफारिसअनुसार उच्च बेरुजु भएका पालिकाहरूले चाँडो सुधारात्मक कदम चाल्नुपर्ने देखिन्छ।

इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्रोत-साधनको मितव्ययी र प्रभावकारी प्रयोग, पारदर्शिता र इमानदार प्रशासनले यो उपलब्धि सम्भव भएको बताए। उनले भने, “हामीले नागरिकको विश्वास जित्ने उद्देश्यले पारदर्शी र जवाफदेही कार्यशैली अपनाएका छौं।” सोही पालिकाका प्रवक्ता शशिनाथ आचार्यले इन्द्रावती मितव्ययी पालिका भएको भन्दै गैरकानुनी खर्च नियन्त्रणमा पालिकाको प्रतिबद्धता दोहोर्याए।
सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहको बेरुजु बिबरण

२ जेष्ठ २०८२, बिहीबार ०४:४३