/*php the_title();*/?>


जनतापत्र,चौतारा ।
सिन्धुपाल्चोक जिल्लाको मेल्चौरमा आफुले लगानी गरेको विद्यालय अनुगमन गर्न जर्मनिका मिखायल रेवेलेको करि २३ सदस्य टोलि अनुगमनका लागि सिन्धुपाल्चोक आएका छन ।
हिजो श्री ज्ञान मन्दिर नमुना मा बि मेल्चौरमा आयको थियो । सिन्धुपाल्चोक जिल्लामा आज भन्दा करिव ३० बर्ष अगावौ सिन्धुपाल्चोक जिल्लाको तात्कालिन कदम्बास गा बि स को काली देवि मा बि बाट शैक्षिक सुधारको कार्यमा सहयोग पुर्याउदै आयको नेपाल हेल्फे वाइलिङ्गृस ई बि जर्मनिले २०७२ सालको भुकम्प अगावै हालको चौतारा नगपालिका अन्तर्गतका धेरै बिद्यालयहरुको भवन निर्माण लगायतको कार्यमा महत्वपूर्ण सहयोग पुर्याउने कार्य गरेको थियो ।
सोही कार्यको अनुगमनका लागि आइताबार सिन्धुपाल्चोकको मेल्चौरमा आफुले लगानी गरेको श्री ज्ञान मन्दिर नमुना मा बि बिद्यालयमा अनुगमन गर्न २३ सदस्य टोलि नै सिन्धुपाल्चोक आएका हुन ।
नेपालमा २०७२ साल बैशाख १२, १३ र २९ गते गएको बिनासकारी भुकम्पका कारण अधिकांश बिद्यालयका बवन पुर्ण रुपमा नष्ट भएको थियो ।
तत्कालै नेपाल हेल्फे वाइलिङ्गृस ई बि जर्मनिले अस्थायी भवनको रुपमा टेन्ट , वास जस्ताको टहरा निर्माण गरेको र टि एल सि निर्माण गर्न मदत गरि हाल अधिकांश बिध्यालयको भवन पहिलाको भन्दा पनि बलियो र अझ सबल बनिसकेको छ ।सोही क्रममा बिध्यालयका प्र अ पुन्यप्रसाद गजुरेलले बिध्यालयको बिगत देखि बर्तमान सम्मको सम्छिप्त जानकारी गराउनु भएको थियो
विधालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण दंगालले आगामी दिनका लागि सहयोग गर्न मिखायल रेवेलेलाई परियोजना प्रस्ताव हस्तान्तरण गर्नुभयको छ ।
नेपाल हेल्फे वाइलिङ्गृस ई बि जर्मनिले पछिल्लो पटक उपलब्ध गराएको सहयोगबाट निर्माण भएको हलको उद्घाटन मिखायल रेवेले ले गर्नुभयको थियो ।
१५ बैशाख २०८२, सोमबार ११:४९