आगलागी पीडितलाई सहयोग हस्तान्तरण


जनतापत्र, जुगल ।
जिल्लाको जुगल गाउँपालिका वडा नं ७ पेप्टामा घरेलु उद्योगका रुपमा सञ्चनलन भइरहेको गलैंचा कारखानामा आगलागी भएको थियो । आगलागिका कारण सर्वस्व गुमाएको एक परिवारलाई सहयोग हस्तान्तण गरिएको थियो । नेकपा माओवादी केन्द्रले आगलागि पिडित परिवारलाई दुई लाख बढी आर्थिक सहयोग गरेको हो ।

माओवादी केन्द्र जुगल गाउँपालिका पार्टि समितिको समन्वयमा २ लाख ५ हजार ५० रुपैंया संकलन भएको थियो । सो रकम आइतबार माओवादीका केन्द्रिय सदस्य एवं क्षेत्र नं १ बाट संघीय सांसद माधव सापकोटालगायतका नेताहरुद्धारा आगलागी पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

स्थानीय जयलाल तामाङ र मैना तामाङले गलैंचा उद्योग सञ्चालन गरेका थिए । उक्त उद्योगमा असोज ११ गते राती विद्युत सर्ट भएर आगलागी हुँदा घर, २५ जोडि तयारी अवस्थाको गलैंचा, गलैंचा बुन्न प्रयोग गरिने कच्चा पदार्थ, किराना पसलका सामग्री, भाँडाकुँडा, गरगहना र नगद समेत ४७ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय जलविरेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, ठूलो आर्थिक र भौतिक क्षति भएपनि मानवीय क्षति भने भएको छैन् ।
२०७२ सालको भूकम्पछि गाउँमा ३५ जनालाई रोजगारी दिनेगरी घर घरमै तान दिएर गलैंचा बुन्न दिने र सो गलैंचाल संकलन गरेर बजारमा पुर्याउने काम गरिररहेका तामाङ दम्पतीले घटनास्थलमै उपस्थित भएर माओवादीले सहयोग रकम दिएपछि आफूहरुलाई बाँच्ने र फेरि काम गर्ने हौसला मिलेको जानकारी दिनुभयो ।

२१ आश्विन २०८१, सोमबार १२:३९