/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
स्थानीयकरण सम्बन्धि पत्रकार तथा मिडिया प्रतिनिधिहरुसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
उथानशिल समुदायका लागि समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना पहिरो सुचना प्रणाली सुदृढीकरण र स्थानीयकरण सम्बन्धि पत्रकार तथा मिडिया प्रतिनिधिहरुसँग उक्त कार्यक्रम चौतारामा सम्पन्न भएको हो ।
साहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको प्रमुख आतिथ्यमा कार्यक्रम अस्ट्रेलियन एड र प्राक्टिकल एक्सनको सहयोगमा सामुदायिक वातावरण संरक्षण मञ्च नेपालले गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपालीले यस्ता तालिम तथा कार्यक्रमहरुले कर्यसम्पादनमा समेत सहयोग पुग्ने बताउदै बिपद्मा सहि सुचना प्रवहा हुन नसकेमा गम्भीर क्षती भोग्न पर्ने अवस्था आउन सक्ने बताउनुभयो । उहाँले समन्वय र सहकार्यलाई ब्यवथित गर्न जरुरी रहेको र सुचनाले काम गर्न सजिलो हुने जानकारी दिनुभयो ।
उहाँले सुसासनकै लागी काम गर्ने भएकोले आग्रह पुर्वाग्रह नभई सुचना सम्प्रेषण गर्न पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।
संस्थाले गरिरहेको कामहरुको बारेमा भर्चुअल रुपमा जानकारी दिँदै पुर्व सुचनाको लागी प्रबिधि बिकास सँगै खोलामा बगेको पानी समेत कति छ भनेर सजिलै थाहा पाउन सकिने अवस्थामा आइपुगेको प्राक्टिकल एक्सनका जलवायु बिज्ञ धरम राज उप्रेतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, अहिले मानवसमाजले जलवायु परिवर्तन, प्रदूषण र जैबिक विविधताले गर्दा समस्या भोगिरहेका छन् ।
पत्रकारीता पेशा भनेको पहिला आफुले बुझ्ने र बुझाउने पेशा भएको पुर्वसुचना प्रणाली प्रभावकारी रिपोर्टिङका बारेमा आफ्नो प्रस्तुति दिँदै वरिष्ठ पत्रकार दिपक अधिकारीले जानकारी दिनुभयो ।
१६ ओटा स्वचालित हावापानी मापक यन्त्र जडान गरेको जानकारी दिँदै काम गर्न अब केही सहज हुने उहाँको भनाइ रहेको थियो । पाँचपोखरी थाङ्पाल गाउँपालिका बिपद फोकल पर्सन नारायण क्षेत्रीले पालिकाले गरेको बिपद पुर्वतयारीमा पहिला र अहिलेको अवस्था, पालिकाको आगामी योजना, र चुनौतीको बारेमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।
२३ फाल्गुन २०८१, शुक्रबार १२:३१