लामिछानेविरुद्धको मुद्दामा आजै आदेश आउने


जनतापत्र, काठमाण्ठौँ ।
पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस सकिएको हो ।
बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा उक्त मुद्दामा थुनछेक बहस समापन भएको हो ।
बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए ।

थुनछेक बहस सकिएको र आजै ४ बजेभित्र आदेश आउने कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालले जानकारी दिए ।

२५ पुष २०८१, बिहीबार ११:५९