मेलम्चीले मनायो २१ औँ स्वास्थ्य स्वयंसेविका दिवस


जनतापत्र, मेलम्ची ।
जिल्लाको मेलम्ची नगरपालिकाले विभिन्न कार्यक्रम गरि २१ औँ स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।
उक्त दिवसको अवसरमा “विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका स्वस्थ समाज निर्माणमा सहभागीता” भन्ने मुल नारा सो दिवस मनाएको हो ।
हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने राष्ट्रिय स्वयंसेविका दिवस मेलम्ची नगरपालिकाले वक्तृत्वकला तथा चम्चा दौड प्रतियोगीता गरी आयोजना मनाएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका १३ वटा वडाका महिला स्वास्थ्य स्वंयमसेविकाहरु उपस्थित भएका थिए ।
चम्चा दौड प्रतियोगिता वडा नम्बर ८ की देवकी गिरी प्रथम, वडा नम्बर २ को सम्झना खत्री द्धितिय, वडा नम्बर ३ को सिता तामाङले तेस्रो स्थान हासिल गर्नु भएको छ । वडा नं. ३ कै सबिना गुरूङले सान्त्वना स्थान हासिल गर्नुभयो ।

मेलम्ची नगरपालिका जनस्वास्थ्य शाखाका ज्ञानेन्द्र सिग्देलले वक्तृत्वकला प्रतियोगितामा वडा नम्बर १० को सम्झना पन्त पहिलो, वडा नम्बर ५को संगिंता तामाङ दोस्रो , वडा नं. १३ को सारदा घोरासैनी तेस्रो र वडा नम्बर ४ को गंगा राउतले सान्त्वना स्थान हासिल गर्न गरेको जानकारी दिनुभयो ।

२० मंसिर २०८१, बिहीबार १२:३१