/*php the_title();*/?>
प्रमिला बि.क, चौतारा ।
पाँचौ लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेल रेस हुने भएको छ ।
श्री इन्द्रध्वज गणको आयोजनामा पाँचौ लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेल रेस प्रतियोगिता अगामी माघ २६ गते हुने भएको हो । भोटेकोशी गाउँपालिकाको प्रायोजनमा लिस्तिकोट दुगुनागढी ट्रेल रेस पाँचौ संस्करणको रुपमा जिल्लाको ऐतिहासिक स्थलहरुको पहिचान दिलाउन, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने ध्ययले उक्त प्रतियोगिता हुन लागेको शनिबार श्री इन्द्रध्वज गणको कार्यालय चौतारामा पत्रकार भेटघाटमा सार्वजनिक गरिएको हो ।
२४.५ किलोमीटरको लामो ट्रेल रेस तातोपानी भन्सार ड्राइपोर्ट हुँदै दुगुनागढीमा पुगेर टुंगिने आयोजकले बताएको छ ।
ट्रेल रेसमा स्वदेशी तथा विदेशी नागरिकले सहभागीता जनाउन सक्ने उक्त प्रतियोगितामा सहभागी हुन इच्छाएका व्यक्तिले माघ १५ गतेभित्र नाम दर्ता गराउन सक्ने आयोजकले बताएको हो ।
सहभागी हुन चाहनेले केन्द्रिय सैनिक पुस्तकलय, चौतारा, मेलम्ची ,बाह्रबिसे झिर्पुमा रहेको सैनिक ब्यारेक र भोटेकोशी गाउँपालिकाको कार्यालय दर्ता गराउन सक्ने आयोजकले जनायो। खुल्ला पुरुष, खुल्ला महिला र गाउँपालिकातर्फ गरी तीन विधाको प्रतियोगिता तय गरिएको छ।
खुल्ला पुरुषतर्फ प्रथम हुनेले एक लाख १० हजार प्राप्त गर्ने छन् भने दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्नेछन् ।
खुल्ला महिलातर्फ प्रथम हुनेको लागि ७० हजार, दोस्रो हुनेको लागि ५०
हजार र तेस्रो हुनेको लागि ३० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै गाउँपालिकातर्फ प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगद प्राप्त गर्नेछन्।
सेनानी अनिलकुमार बस्नेतका अनुसार, प्रतियोगीलाई ५ लाख बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको छ।
२७ पुष २०८१, शनिबार १०:५९