डेपुटी गभर्नरको जिम्मेवारी हेरफेर, अब बैंक सुपरिवेक्षण विभागला गभर्नर मातहत

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरूलाई आफैंले निगरानी गर्ने भएका छन्। यसअघि डेपुटी गभर्नर मातहत रहेको बैंक सुपरिवेक्षण विभागलाई सोझै आफूले हेर्ने गरी जिम्मेवारी सारेका हुन्। पछिल्लो समय वाणिज्य बैंकहरूको खस्कँदो वित्तीय अवस्थामाथि सार्वजनिक रूपमा तिखो टिकाटिप्प्णी हुन थालेको भन्दै गभर्नर अधिकारीले नै वाणिज्य बैंकहरूलाई हेर्ने भएका हुन्।

यसअघि बैंकका समस्याका विषयमा कुरा गर्दा सम्बन्धित डेपुटी गभर्नरमार्फत् जानुपर्थ्यो। अबदेखि सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकले बैंक सुपरिवेक्षणका विषयमा सिधै गभर्नरलाई रिपोर्ट गर्नेछन्। यसले बैंकमा भएका गलत अभ्यासको सिधै गभर्नरलाई जानकारी हुनेछ। यसअघि बैंक सुपरिवेक्षणको जिम्मेवारी सम्हालिरहेकी डेपुटी गभर्नर डा। नीलम ढुंगाना तिम्सिनाको जिम्मेवारी फागुन ११ गतेदेखि लागू हुने गरी हेरफेर गरिएको हो।

११ फाल्गुन २०८०, शुक्रबार १४:३६