/*php the_title();*/?>

जनतापत्र,चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र दलित समन्वय समितिको आयोजनामा नगरभरिका दलित समुदायका बालबालिकालाई लक्षित गर्दै आधारभूत कम्प्युटर तालिम कार्यक्रम सुरु गरिएको छ ।
चौतारा सागाँचोगढी नगरपालिका वडा नं ५ मा उद्घाटन गरिएको उक्त तालिममा नगर क्षेत्रका विभिन्न स्थानहरूबाट ५० जना दलित बालबालिकाहरू सहभागी भएका छन्। ।
तालिमको मुख्य उद्देश्य दलित समुदायका बालबालिकाको सीप विकास, बौद्धिक क्षमता अभिवृद्धि, र भविष्यमा रोजगारीको अवसर सृजना गर्नु रहेको छ।
कार्यक्रमका अध्यक्ष अमर बहादुर विकले उक्त तालिम चौतारा, ठुलोसिरुवारी, र साँगाचोक क्षेत्रमा सञ्चालन गरिने जानकारी दिनुभयो। चौतारा साँगाचोकगढी वडा नं। ५ का वडा अध्यक्ष शिव श्रेष्ठले यस्तो कार्यक्रमबाट बालबालिकाको बौद्धिक विकास मात्र नभई भविष्यमा आत्मनिर्भर बन्ने आधार तयार हुने विश्वास व्यक्त गर्नुभयो।
दलित समुदायका प्रतिनिधि रामशरण विकले कार्यक्रम दलित बालबालिकाको लागि अत्यन्त आवश्यक रहेको भन्दै, यस्तो तालिमले उनीहरूलाई सशक्त र सक्षम नागरिक बनाउने दिशामा महत्त्वपूर्ण योगदान र्पुयाउने बताउनुभयो।
दलित समन्वय समितिले तालिमपछि बालबालिकाहरूमा सीप तथा ज्ञानको वृद्धि भई रोजगारीका अवसर प्राप्त हुने र सफल जीवन यापनमा टेवा पुग्ने अपेक्षा व्यक्त गरेको छ।
९ जेष्ठ २०८२, बिहीबार १७:११