/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
गृहमन्त्रि रमेश लेखकले सिन्धुपाल्चोकमा निरीक्षण गरेका छन् । बाढीपहिरोले तहसनहस भएका जिल्लामा लेखक १० दिनपछि सदरमुकाम चौतारामा निरिक्षण गर्नका लागि आइपुगेका हुन् ।
गृहमन्त्रिको साथमा रक्षामन्त्री मानवीर राई, भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहित हेलिकोप्टरमा आएका थिए । उनिहरुले सरकारी अधिकारीले जिल्ला विपत् व्यवस्थापन समिति र राजनीतिक दलसँग अन्तर्क्रिरया गरेर क्षति, उद्धार र राहतबारे जानकारी लिएका छन् ।
११–१२ गतेको बाढीपहिरोले पु¥याएको मानवीय तथा भौतिक क्षतिको विवरण प्रमुख जिल्ला अधिकारी किरण थापा र सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले गृहमन्त्रीलाई दिएका थिए ।
गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा बेलिब्रिजको व्यवस्थापन सकभर चाँडो गर्ने बताएका छन् । विपतपछि ढिला गरेर आएको भन्दै राजनीतिक दलका प्रतिनिधिले सरकारको आलोचना समेत गरे ।
गृहमन्त्री लेखकले तीनवटै सुरक्षा निकायको प्रशंसा गर्दै उद्धार, राहत र पुनर्स्थापना कार्यमा लाग्न निर्देशन दिए ।
२३ आश्विन २०८१, बुधबार ०१:२७