८ बर्ष देखि थामी संग्रालय अलपत्र


जनतापत्र, त्रिपुरासुन्दरी ।
थामी संग्रालय ८ बर्ष देखि अलपत्र परेको छ ।
सिन्धुपाल्चोकको सहिद भूमिका रुपमा पिस्करलाई लिइन्छ ।
उक्त स्थानमा थामी संग्रालय निर्माणधिन अवस्थामा रहेको छ । जुन ८ बर्ष देखि अलपत्र परेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करमा थामी संग्रालय बसोवास रहेको सिमान्तकृत जाति हो थामी समुदाय ।
सहिद भूमिले परिचित ऐतिहासिक ठाउँ भएकोले यसै जातिको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले पिस्करमा थामी जातिको संग्रहालय निर्माण सुरु भएको स्थानियले जानकारी दिएका छन् । जुन कार्य हाल हाएर बजेटका कारण यो योजना अलपत्र अवस्थामा परेको हो ।
२०७३ सालबाट संग्रहालय निर्माण सुरु भएको थियो । पिस्कर क्षेत्रमा बसोवास गरेका थामी जातिको कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सो कार्य निर्माणको सुरु भएको थियो ।
२०७४ साल भन्दा अगाडी राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण पाण्डेद्धारा ३ लाख बजेट हालेर सुरुवात भएको थियो ।
भोटोले थामीले २०७४ को चुनाव पछि वडाबाट ५ लाखमा काम गर्न थाल्नु भएको थियो ।
प्रदेशबाट २० लाख, गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले २०, अग्नि सापोटाको सांसदविकास कोषबाट ५० लाख हाल्नुभएको थियो ।
वडा अध्यक्ष विजय गुभाजूका अनुसार, तत्कालिन वन तथा पर्यटनमन्त्री अरुण नेपालले ३५ लाख गरेर एककरोड ३३ लाख खर्च भएको छ । उहाँले संग्रालयको भवन, गेट बनेपनि अरु भित्रको संरचना केही नबनेको जानकारी दिनुभयो ।

२१ मंसिर २०८१, शुक्रबार १२:१२