८२ हेक्टर वनमा आगलागि


जनतापत्र, चौतारा ।
यति बेला डढेलोले जिल्ला भरका अधिकांश जंगलहरु मासिएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको जुगल र भोटेकोशी गाउँपालिकाको माथिल्लो भेगका वनजंगललाई महत्त्वपूर्ण मानिने गरिन्छ । तर आगलागिले उक्त वन सखाप भएको छ । र पछिल्लो समय आगलागी नियन्त्रणमा समेत आइसकेको छ ।
हालसम्म गौरीशंकर संरक्षण केन्द्रमा पर्ने भोटेकोशी, त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रसहित जुगल, लिसंखु पाखर गाउँपालिका गरी धेरै वन क्षेत्र करिब ८२ हेक्टर वन डढेलोले सखाप पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

त्यति धेरै वन क्षेत्रमा आगलागि भएता पनि हाल सम्म कुनै पनि मानवीय क्षति भएका छैन्न । अहिले सबै वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाभरका गौरीशंकर संरक्षण र अन्य गरी आधा दर्जन वनमा भिषण आगलागी भएको थियो, सबै वनको डढेलो आइतबारसम्म नियन्त्रणमा आइसक्यो,’ ।

गत बिहीबार लिसखुंपाखर गाउँपालिका–२ को झ्याङवारी वन, वडा ५ को चरेडाँडा मुलकखर्क सामुदायिक वन र भोटेकोशी गाउँपालिका–५ को चन्द्रंखु शेर्पा घुमेलान सामुदायिक वनमा एकै समयमा लागेको आगोले वन सखाप पारेको थियो । उक्त स्थान
मा पनि आइतबार आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

२८ माघ २०८१, सोमबार ११:५८