१६० घण्टे कुक तालिमको उद्घाटन


जनतापत्र, चौतारा ।
१६० घण्टे कुक तालिमको उद्घाटन गरिएको छ ।
सृजनशीलता र उद्यमशीलता प्रवद्र्धनः बागमतीमा युवा सशक्तिकरण’ भन्ने नाराका साथ सो तालिमको उद्धाटन भएको हो ।
बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषदको आयोजनामा १६० घण्टे कुक तालिमको चोैतारा साँगाचोकगढी नगरपालिका वडा नं १ मा सम्पन्न भएको हो ।

तालिममा वडा भित्रका २६ जना युवा सहभागीहरू छन
ोट भएका छन् ।
उनिहरुले व्यावसायिक कुकिङका आधुनिक प्रविधि तथा सीप प्राप्त गर्ने भएका छन् । तालिम वल्डलिङ्क टेक्निकल ट्रेनिङ इन्स्टिट्युट प्रा. लि., टोखा, काठमाडौं द्वारा प्रदान गरिने छ।

वडा नं १ का कार्यवाहक वडा अध्यक्ष रामशरण अधिकारले कक्षा १२ पछि सहर वा विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नु आवश्यक रहेको जानकारी दिनुभयो उहाँले आफ्नो समयको सही व्यवस्थापन गरी तालिमलाई जीवनोपयोगी रूपमा ग्रहण गर्न आग्रह गर्नुभयो ।

२० फाल्गुन २०८१, मंगलवार १२:४४