/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
ह्याम्स अस्पतालका अध्यक्ष आर.एस भण्डारीले आफ्नै गाउँमा १० करोडको लगानी लगाएका छन्
स्वास्थ्य क्षेत्रमा चर्चित र सुविधासम्पन्न ह्याम्स अस्पताल सञ्चालन गरेर विरामीहरुलाई सेवा सुविधा दिँदै आएका भण्डारी कृषि क्षेत्रमा पनि जोडिएका हुन् ।
भण्डारीको परिवारले अहिले आफ्नै जन्मथलोमा अत्याधुनिक प्रविधिबाट व्यावसायिक रुपमा कुखुरापालन(पोल्ट्री) व्यावसाय सञ्चालनमा ल्याएका छन् ।
उनीले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ पाटीडाँडामा करिब १० करोड रुपैयाँको लागतमा आधुनिक पोल्ट्री फर्म सञ्चालन गरेका छन् र
सञ्चालनको अन्तिम तयारीमा रहेको उक्त पोल्ट्री फर्मबाट एक पटकमा ५० हजार कुखुरा उत्पादन हुनेछ ।
सञ्चालक भण्डारीले ६० हजार कुखुरा पालनको लागि आधुनिक खोर (क्
लोज हाउस) निर्माणको अन्तिम चरणमा रहेको र दशैँपछि नै उक्त खोरमा ब्रोइलर जातको कुखुरा राख्ने बताए ।
उनले, नेपालको भौगोलिक र हावापानी सुहाउँदो अनुसारको कुखुरापालन व्यवसाय नहुँदा कुखुरापालन व्यवसाय फस्टाउन नसकेकाले आफूहरुले जर्मनी प्रविधिको आधुनिक खोर( क्लोज हाउस) बनाएर कुखुरापालन व्यावसाय सुरु गरेको जानकारी दिएका हुन् ।
९ आश्विन २०८१, बुधबार १२:२४