हेल्पद्वारा SEE पश्चात् कक्षा ११–१२ का विद्यार्थीलाई छात्रवृत्ति

जनतापत्र,सिन्धुपाल्चोक ।
हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप हेल्प ले यस वर्ष पनि HELP SEE छात्रवृत्ति वितरण समारोह सम्पन्न गरेको छ । देशका १५ जिल्लाका २३ पालिकाबाट चयन भएका ७५ जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि ५० देखि ७५ हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हेल्पको सहयोगलाई विश्वास र भरोसाको प्रतीकका रूपमा लिँदै विद्यार्थीलाई अवसरको सदुपयोग गरी समाजमा योगदान दिन प्रेरित गर्नुभयो । विशेष अतिथि कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्कीले दुर्गम मात्र नभई काठमाडौंका विपन्न विद्यार्थीलाई समेत समेटेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २०८१ सालको एसईई परीक्षामा सिन्धुपाल्चोक जिल्लामा उत्कृष्ट नतिजा ९७७।७ प्रतिशत० हासिल गरेकोमा विशेष सम्मान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष टासी लामाले सम्मान ग्रहण गर्दै हेल्पसँगको सहकार्य शैक्षिक गुणस्तर उकास्न महत्त्वपूर्ण भएको बताउनुभयो ।
सो अवसरमा मोन्डो फाउण्डेशनका सिइओ माथ्यू ब्याण्ड, हेल्पका सह–संस्थापक जिमी लामा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । हेल्पले विगत १५ वर्षमा ७४० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकेको छ ।

८ आश्विन २०८२, बुधबार १८:३०