/*php the_title();*/?>

जनतापत्र,हेलम्बु ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिका र पाँचपोखरी थाङपाल गाँउपालिकामा रहेको जोखिमयुक्त समुदायहरुमा पहिरो सम्बन्धि कृत्रिम घट्ना अभ्यास सुरु गरिएको छ ।
अस्ट्रेलियन एड, प्राक्टिकल एक्सनको आर्थिक सहयोगमा र सामुदायिक विकास तथा वातावरण संरक्षण मंञ्च (सि. डि. ई. सि. एफ) को प्राविधिक सहयोगमा १० समुदायमा कृत्रिम घटना अभ्यास सुरु गरिएको हो ।
हेलम्बु गाँउपालिकाको पातिङ, बोल्दे, खर्केडाँडा, र दलित बस्ती र पाँचपोखरी गाँउपालिकाको गुन्सा, नेवार टोल, तिपेनी, दनुवार टोल, ढाँडखर्के, सियालेमा कृत्रिम घट्ना अभ्यास गरिएको हो ।
सो कार्यक्रममा रेडक्रस र नेपाल प्रहरीको सहकार्य र पहिरो सम्बन्धि कृत्रिम घट्ना अभ्यासमा दुबै पालिकाका समुदायको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
विपद्को समयमा सबै भन्दा अगाडि समुदायको भूमिका धेरै हुने भएकोले यो अभ्यास गरिएको हो । र अझ मनसुनको समयमा बाढी पहिरोले जनधनको क्षति पुयाउन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रतिकार्य क्षमता वृद्धी गर्नका लागी कृत्रिम घटना अभ्यास सन्चालन गरिएको परियोजना अधिकृत पविना खड्काले जानकारी दिनु भयो ।
सिङ्गो सिन्धुपाल्चोक जिल्ला नै पहिरोको उच्च जोखिममा रहेको छ । हेलम्बु र पाँचपोखरी थाङपाल गाँउपालिकामा पहाडी तथा जटिल भुबनोटमा अवस्थित रहेको र धेरै समुदायहरु पहिरोको उच्च जोखिममा रहेको छ ।
जोखिमयुक्त समुदायहरुलाई लक्षित गरेर पहिरोको पुर्वसुचना प्रणाली विकास गरी जनधन क्षति रोक्नको लागी हेलम्बु र पाँचपोखरी थाङपाल गाँउपालिकामा पहिरोमा आधारित पुर्वसुचना प्रणाली परियोजना सन्चालन भई रहेको छ ।
कार्यक्रममा प्राभमिक उपचार, ग्यास आगलागी नियन्त्रण, स्टेचरको प्रयोग, फस्ट एड बक्सको व्यवस्थापनको बारेमा नमुना अभ्यास भएको फिल्ड अफिसर जमुना थापाले जानकारी दिनु भएको छ ।
कृत्रिम घट्ना अभ्यास कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, उपस्थिती रहेको थियो ।
वर्षमा एकपटक समुदायमा यस्तो कार्यक्रम गर्ने सक्यो भने प्रतिकार्यको लागि क्षमता अभिवृद्धि हुने भोटेनाम्लाङ्ग सामुदायिक विपद् व्यवस्थापन समितिको अध्यक्ष सुजन श्रेष्ठले बताउनु भएको छ ।
२६ चैत्र २०८१, बुधबार १३:३१