
जनतापत्र,हेलम्बु गाउँपालिका ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा रहेकोे बोधिसत्व मोडेल माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएको छ। विद्यालयका अधिकांश विद्यार्थीले गणित विषयमा ९०% भन्दा माथि अंक ल्याएका छन ।
२०८१ सालको आधारभूत शिक्षा समाप्ति परीक्षामा सहभागी भएका २६९ जना विद्यार्थीहरुमध्ये २४३ जना विद्यार्थीले परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्न सफल भएका छन्।
हाल सम्मा गणित विषयमा ७१ जनाले ए+, ८२ जनाले बि र ३५ जनाले सि+ ग्रेड प्राप्त गरेका छन्।
गुणस्तरीय शिक्षक, शिक्षामा निरन्तर लगानी र अभिभावकको सक्रियताले गर्दा हेलम्बु क्षेत्रका विद्यालयहरूको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आएको हेलम्बु गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।
विद्यालय प्रशासनका अनुसार, शिक्षक र विद्यार्थी दुवैको मेहनत तथा प्रविधिमैत्री शिक्षण विधिको प्रयोगले सफलता सम्भव भएको बताउनु भएको छ ।
हेलम्बु गाउँपालिकाका अन्य विद्यालयले पनि क्रमशः आफ्नो शैक्षिक प्रदर्शनमा सुधार गर्दै गाउँपालिकाको समग्र शिक्षाको स्तर माथि उकास्ने विश्वास गाउँपालिका लिइएको छ।
२४ चैत्र २०८१, सोमबार १७:५४