हेलम्बुमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता


जनतापत्र, हेलम्बु ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन भएको छ । गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा सातौं राष्ट्रपति रनिङ शिल्ड २०८१ को समापन भएको हो ।
कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष अप्सरा लम्साल लामिछानेको विशिष्ट आतिथ्यता ररहेको थियो ।
प्रतियोगितामा इष्ट प्वाइन्ट एकेडेमी (१२ स्वर्ण, ११ रजत र ९ कास्य) सहित प्रथम भएको छ । यस्तै (७ स्वर्ण, ८ रजत र १ कास्य) सहित इचोक माध्यमिक विद्यालय द्धितिय भएको छ भने, हेलम्बु ६ दोस्रो र (५ स्वर्ण, ३ रजत र ५ कास्य)
सहित मेलम्चीघ्याङ माध्यमिक विद्यालय, हेलम्बु १ ले तृतिय स्थान हासिल गरेको छ ।

१० मंसिर २०८१, सोमबार ११:२७