/*php the_title();*/?>
जनतापत्र, बाह्रबिसे ।
बाह्रबिसेमा स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ ।
सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा नं. ३ स्थित मिलनचोक थापागाउँमा नवनिर्मित स्वास्थ्य चौकी सँगै वडाकार्यालय भवन भवन समेत पुर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतद्धारा उद्घाटन गरिएको हो ।
निर्मीत नयाँ भवन उद्घाटनकै दिन ४०२ जनाले स्व
ास्थ्य सेवा पाएका छन् । सो उद्धाटन समारोहमा मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यता रहको थियो भने,
बागमती प्रदेसका पुर्व मन्त्री मसिना खड्का भण्डारीको विशेष अतिथी र बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत उपप्रमुख मन्जु तामाङ लगाएतको उपस्थिति रहेको थियो ।
भवनको उद्धघाटनको समयमा आफ्नो मन्तव्य राख्दै पुर्व मन्त्रि बस्नेतले जनताका माझमा आएर विकासका काम गर्न पर्ने बताउदै नेपाली कांग्रेसले नागरिकलाई परेको समस्यासँग जुध्ने काम गरेकोले कांग्रेसलाई विश्वास गरेको जानकारी दिनुभयो ।
काँग्रेसबाट निर्वाचित जन प्रतिनिधीहरूले गरेको विकास देखेर जनता कांग्रेसको पछी लागेको उहाँले जानकारी दिनुभयो ।
४ पुष २०८१, बिहीबार १२:१०