स्थानिय बाल अधिकार सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम हेलम्बुमा

जनतापत्र,हेलम्बु गाँउपालिका ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिका ७ चनौटेमा स्थानिय बाल अधिकार समितिलाई घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय बालअधिकार समिति हेलम्बु गाउँपालिकाको आयोजना, भिसेन्ट फेरर र चाइल्ड नेपालको साझेदारीको सहयोगमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
एकदिने अभिमुखिकरण कार्यक्रममा हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेको अध्यक्षतामा सञ्चालन भएको हो भने कार्यक्रम गाउँपालिकाका बालकल्याण अधिकारी प्रशान्त आचार्यले सञ्चालन गर्नुभएको थियो ।
एकदिने अभिमुखिकरण कार्यक्रमका बारेमा राष्ट्रिय बाल अधिकार परिषद्को पूर्व कार्यक्रम संयोजक आत्माराम थापाले प्रष्ट पार्नुभएको थियो ।
एकदिने अभिमुखिकरण कार्यक्रमका सभापति हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले हेलम्बु गाउँपालिकाले गर्नुपर्ने काम,सघंसंस्था,विद्यालय,लगायत बालबालिकाको क्षेत्रमा काम गरिरहेका निकायले गरेका काम सन्तोष जनक नभएतापनि आगामी दिनमा सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

१५ बैशाख २०८२, सोमबार २०:२३