जनतापत्र, मेलम्चीमा ।
मेलम्ची कम्युनिटी स्काउट ट्रुपको दिक्षान्त समारोह सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिका वडा नं. ११ स्थित
श्री कम्युनिटी अंग्रेजी माध्यमिक विद्यालयको मेलम्ची उक्त समारोह सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश बस्नेतले विद्यालयमा भएको कार्यक्रममा ३६ जना स्काउट विद्यार्थीलाई दिक्षित गरिएको बताउनुभयो ।
सो कार्यक्रम मेलम्ची नगरपालिका उपप्रमुख तथा स्थानिय स्काउट परिषद अध्यक्ष उमा प्रधानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख प्रधानले मेलम्ची नगरपालिकालाई स्काउटमय बनाउन आफू निरन्तर लागि रहेको बताउँदै समाज परिवर्तनका लागि स्काउटको महत्त्वपूर्ण भूमिका रहेको जानकारी दिनुभयो ।
विद्यार्थीहरूलाई अनुशासित,लगनशील र मेहनती बन्न समेत स्काउटको उल्लेख्य भूमिका रहने उहाँले जानकारी दिनुभयो ।
उहाँले दीक्षित विद्यार्थीहरूलाई आफ्नो तहबाट लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. ११ का वडा सदस्य प्रतिमा धिताल,राष्ट्रिय स्काउटका सदस्य कृष्णप्रसाद चालिसे, स्थानीय स्काउट आयुक्त सुनिलकुमार भण्डारीले मन्तव्य राख्नुभयो ।
११ माघ २०८१, शुक्रबार १२:०५