/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
श्री सेतीदेवी माध्यामिक विद्यालय स्याउलेले आफ्नो ७२ औं वार्षिक उत्सव धुमधामका साथ मनाएको छ ।
साथै २५ औं अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी पुनर्मिलन एवं मूल समारोह बिहिबार पूर्व भौतिक विकासमन्त्री युवराज दुलाल शरदको प्रमुख आतिथ्यतामा मनाएको हो ।
चौतारा साँगाचोक गढी नगरपालिका वडा नं १ मा अवस्थित उक्त विद्यालयको वार्षिक उत्सवको अवसरमा बोल्दै पूर्वमन्त्री दुलालले विद्यालयको चौतर्फी उन्नती प्रगतिको लागि शुभकामना दिनुभयो ।
अहिले यस विद्यालय सबै हिसाबले राम्रो हुदै गइरहेको र पढाइका शिलशिलामा विदेश पुगेका नेपाली विद्यार्थीहरुले विभिन्न समस्याहरु भोगिरहेको पनि उहाँले जानकारी दिनुभयो । नेपालमा गुणस्तरीय शिक्षा अध्ययन गर्न पाउनु पर्ने धारणा राख्दै अब विद्यालयले विद्यार्थीलाई पाठ्यक्रम अनुसार पढाएर उत्कृष्ट बनाउने मात्र नभई देशलाई माया गर्ने सोच र देश विकास गर्न सक्ने खालका विद्यार्थीहरु उत्पादन गर्नुपर्ने जानकारी दिनुभयो ।
बार्षिक उत्सवको अवसरमा दुइ जन
ा विद्यार्थीहरुलाई चौतारा साँगाचोक गढी नगरपालिकाकी उपमेयर सिता थापाले शैक्षिक सामग्री सहयोग गर्दै नगरपालिकाले विद्यालयका लागि पालिकाको शैक्षिक विकास अवधारणा अनुसार सहयोग गरेको र पालिकाले निशुल्क शिक्षा लागु गर्ने नीति अनुरुप शिक्षक दरबन्दी, शिक्षक मिलान, विद्यालय मर्ज , छात्राबास ब्यवस्थापन लगायतका काम गर्दै आइरहेको बताउनुभयो ।
साथै नगरपालिकाभित्रका विपन्न तथा टुहुरा बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन शहिद स्मृती आवासीय बालग्रामको अवधारणा कार्यन्वयनमा ल्याएको उल्लेख गर्नुभयो । साथै विद्यालयको आवश्यकता तथा माग अनुसार प्राथमिकताको आधारमा काम गर्दै जाने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
२८ पुष २०८१, आईतवार १२:३५