/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
सुर्यमूखी साना किसान कृषि सहकारीको अवलोकन गरिएको छ । विभिन्न ९ मुलुकका प्रतिनिधिहरुले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरस्थित सुर्यमूखी साना किसान कृषि सहकारी संस्थाको अवलोकन तथा निरिक्षण गरेको हो । संस्थाका प्रबन्धक गोविन्द नेपालले नेपाल केन्द्रिय कृषि सहकारी संघ लिमिटेडकाको समन्वयमा स्थलगत भ्रमण तथा अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।
सहकारीका अनुसार, सहकारीले कसरी गाउँ समुदायमा कृषकहरुलाई सेवा दिईरहेको छ भन्ने बारेमा जानकारी आदान प्रदान गर्ने उद्धेश्यले भ्रमणमा आएको तथा अनुगमन, अनुभव आदानप्रदान गरेको हो ।
सहकारी बारे प्रस्तुतीकरण, सहकारीद्धारा प्रवर्धित डेरी उद्योग, किवी फार्म, कृषि तथा पशुपालन फार्म अवलोकन तथा अनुभव आदानप्रदान गरिएको सुर्यमुखी साना किसान कृषि सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंले बताउनुभयो । भ्रमणमा सहभागिहरुलेसहकारी संस्थाको सदस्य केन्द्रित र सामाजिक हित अनुकलका कार्यक्रमहरु राम्रो रहेको बताएका छन् ।
३ आश्विन २०८१, बिहीबार १२:४३