सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड दशौं वार्षिक साधारणसभा सम्पन्न

जनतापत्र,भोटेचौर ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका १ भोटेचौर स्थित सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत सञ्चालित पशुधन सुरक्षण समितिको दशौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंले सहकारीमा बिभिन्न समस्याले रोकिएको बिमा कार्यक्रम अघि बढेको बताउँदै यसलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका सभापति पशुधन सुरक्षण समितिका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०८० चैतदेखि २०८१ चैतसम्मको अवधिमा ३०० गाई र ४३२ भैंसी गरी जम्मा ७३२ वटा पशुहरूको बीमा गरिएको जानकारी दिए ।
मेलम्ची नगरपालिका–२ का वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडाले सहकारीले कृषकसंगै रहेर हातेमालो गर्दै अघि बढेको बताउँदै वडा र सहकारी मिलेर कृषक प्रोत्साहन कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
मेलम्ची नगरपालिका ३ हैबुङका वडा अध्यक्ष कुमार बञ्जराले सहकारी मार्फत संगठित भै आयआर्जनमा लाग्न सबै सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा वडा नं १ भोटेचौरका सदस्य लालबहादुर तामाङ , साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौ शाखाका अधिकृत सुचिता घिमिरे ,कार्यपालिका सदस्य गोमा दुलाल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

२२ चैत्र २०८१, शनिबार २०:३६