/*php the_title();*/?>
जनतापत्र, पाँचपोखरी ।
सुर्यमान दोङ नेकपा एमाले पाँचपोखरी थाङपालको अध्यक्षमा चयन भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)पाँचपोखरी थाङपाल गाउँपालिका कमिटिको दोस्रो अधिवेशनबाट दोङको अध्यक्षमा चयन भएका हुन् । उनको अध्यक्षतामा ४८ सदस्यीय नयाँ कमिटि सर्बसहमत चयन भएका छन् । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा दोकदोक तामाङ, सचिवमा सुशन बोम्जन , उप सचिवमा बुद्धिमाया गुरुङ र माइते दोङ तामाङ सर्बसहमत चयन भएका छन् भने अन्य सदस्य पछि मनोनीत गरिने दोङले जानकारी दिएका छन् ।
स्थायी कमिटि सदस्य शेरबहादुर तामाङ र केन्द्रिय सदस्य सुवास कर्मचार्यद्धारा उद्घाटन भएको अधिवेशनको स्थायी कमिटी सदस्य तामाङले एमाले माथि गलत हल्ला गर्दै चौतर्फी आक्रमण भएको बताँउनुभयो । उहाँले यस्ता भ्रम चिर्न नेता कार्यकर्तालाई अनुरोध गर्नुभयो । त्यस्तै केन्द्रिय सदस्य कर्मचर्याले बिगतमा भएका कमिकमजोरीलाई अत्मसमिक्षा गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद सदस्य माधवप्रसाद पाण्डे , राष्ट्रिय प्रतिनिधि परिषद सदस्य सुनिता अधिकारी, प्रदेश कमिटि सदस्यहरु टासी लामा , देबेन्द्रबहादुर खत्री, अशोक चौलाँगाइ, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
६ माघ २०८१, आईतवार ११:५१