जनतापत्र, चौतारा ।
सुनको मुल्यमा भारि गिरावट आएको छ ।
साथै नेपाल सरकारले सुन आयातमा लाग्ने भन्सार दर पनि कम गरेको छ । सुनको मुल्यमा भारि गिरावट आएसँगै सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बृद्धि भएको छ ।
मूल्य घटेपछि माग बढ्नु स्वभाविक रहेको सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिनुभयो ।
उहाँले बजार भाउ घटेपछि त्यसको प्रभाव स्वभाविक रुपमा मागमा देखिएको जानकारी दिनुभयो ।
पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ। आइतबार प्रतितोला रू एक लाख ६७ हजार दुई सयमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला रू एक लाख ५१ हजार तीन सय कायम भएको थियो। त्यस्तै, आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
११ मंसिर २०८१, मंगलवार १२:०२