/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
नेवाः देय् दबु मेलम्ची नगर समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले सुदर्शन श्रेष्ठलाई अध्यक्षमा चयन गेरेको छ । उनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् । मितिको बरिष्ठ उपाध्यक्षमा उत्तमनारायण श्रेष्ठ , महिला उपाध्यक्ष पुर्णिामा श्रेष्ठ , उपाध्यक्ष पवेन्द्र श्रेष्ठ, सचिव प्रेमकृष्ण श्रेष्ठ , महिला सचिव चन्दा श्रेष्ठ, कोषाध्यक्ष सुरेश श्रेष्ठ सहित १७ सदस्यीय कार्यसमिति चयन गरिएको निवर्तमान अध्यक्ष राधाकृष्ण श्रेष्ठले बताउनुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा बुधबार मेलम्चीमा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा उपप्रमुख उमा प्रधानको बिशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै सदस्यहरुमा निरन्जन श्रेष्ठ , कमल श्रेष्ठ , प्रकृति श्रेष्ठ , यज्ञकृष्ण श्रेष्ठ , विश्वराम श्रेष्ठ , प्रविन श्रेष्ठ , श्यामकृष्ण श्रेष्ठ , जुना श्रेष्ठ र पुरुषोत्तमनारायण श्रेष्ठ रहनु भएको छ । त्यस्तै जिल्ला प्रतिनिधिमा राधाकृष्ण श्रेष्ठ, एकलाल श्रेष्ठ , चन्दा श्रेष्ठ पुर्णिामा श्रेष्ठ चयन भएका छन् ।
प्रमुख अतिथि नगरप्रमुख तामाङले नेवार समुदायको चाडपर्व, संस्कृतिको धनि रहेको बताउँदै नगरपालिकाले परिक्षणको रुपमा मेलम्चीको एक विद्यालयमा तामाङ भाषा पठनपठान सुरु गर्ने जानकारी दिनुभयो । उहाँले नगरको बडापत्रमा पनि तामाङ र नेवारी भाषा समावेश गरिने र नेवार समुदायका भाषा, कला, संस्कृति जर्गेना गर्न नगरले सहयोग गरेको जानकारी दिनुभयो ।
नेवार समुदाय जागरुक भएर लागेमा मात्र भाषा, कला, संस्कृति जर्गेना गर्न सकिने विषेश अतिथि उपप्रमुख प्रधानले बताउनुभयो । उहाँले आफ्ना सन्ततिलाई आफ्नो भाषा, कला, संस्कृति सिकाई यसको जर्गेना गर्नुपर्ने र त्यसको लागि नगरले सहयोग गर्ने जनाउनुभयो ।
कार्यक्रममा दुबुका संघिय परिषद सदस्य अमृतबहादुर श्रेष्ठ, प्रदेश सदस्य ज्ञानेन्द्र श्रेष्ठ ,संखधर साख्वा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, समाजसेवी सिद्धिनारायण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । आदिवासी जनजाति महिला महासंघ जिल्ला अध्यक्ष रिना श्रेष्ठले नेवारी संस्कृति ,भाषा रहनसहन जर्गेना गर्न सबै लाग्नु पर्ने बताउनुभयो ।
१० माघ २०८१, बिहीबार १२:३०