/*php the_title();*/?>
टिका सुवेदी, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला चौतारा सागाँचोकगढी नगरपालिका वडा न १०, सुकुटेमा भैरवकुण्ड स्प्रीङ्ग वाटर प्रालि संचालनमा रहेको छ । मुहानमै पानी प्रशोधन गरेर वजारमा लैजाने उद्धेश्यले स्थापना भएको सिन्धुपाल्चोकको सुकुटेमा रहेको भैरवकुण्ड स्प्रिङ्ग वाटर उत्पादन भैरहेको छ ।
प्रशोधित मुलको पानीलाई मेशिनमार्फत भाँडोमा संकलन गरेर वजारमा लैजाने कार्य भइरहेको छ । यहाँको शुद्ध पानी जिल्लाका विभिन्न वजारका साथै पाँचखाल, धुलिखेल बनेपा र काठमाण्डौंमा समेत विक्रिवितरण भइरहेको छ । स्थानीय स्रोत साधनको सक्दो प्रयोग गरेर स्थानीय जनशक्तिकै प्रयोगमा पानी प्रशोधन गरेर वजारमा ल्याईएको हो ।
मुहानमै स्थापना भएको उद्योग भएका कारण अरु पानी भन्दा यहाँ वाट उत्पादित पानी स्वास्थ्यका लागि उपयुक्त रहेको उद्योगका संचालक दुर्गा पौडेलले वताएका छन् ।
३० भाद्र २०८१, आईतवार २३:५०