/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लामा भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा एमाले निकट अनेरास्ववियु पहिलो भएको छ ।
सिन्धुपाल्चोक जिल्लाका प्रतिस्पर्धी संगठनहरुलाई पछि पार्दै सिन्धुपाल्चोकमा अनेरास्ववियु पहिलो संगठन बन्न सफल भएको हो ।
सिन्धुपाल्चोक जिल्लामा ३ वटा क्याम्पस जित्दै अखिल क्रान्तिकारी दोस्रो र २ वटा क्याम्पस जित्दै नेबिसंघ तेस्रो भएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको १२ वटा क्याम्पसमध्ये १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । बाँकी २ वटा क्याम्पसमा स्ववीयु निर्वाचन हुन बाँकी नै रहेको छ ।
बाँकी रहेको २ वटा क्याम्पसमा पनि अनेरास्वीयुको जित हुने सुनिश्चत भएको अनेरास्वीयु सिनधुपाल्चोकको जिल्ला ईन्चार्ज कमल बुढाथोकीको दाबी गर्नु भएको छ ।
एमाले निकट अखिलले इन्द्रावती क्याम्पस सभापति, सिन्धु भ्याली क्याम्पस सभापति, सुनकोसी बहुमुखी क्याम्पस सभापति, ठोकर्पा सामुदायिक क्याम्पस सभापति, अरनिको कलेजमा सचिव लगायत सदस्य ककलिङ क्याम्पसमा सचिव लगायत सदस्य, जुगल क्याम्पसमा सचिव र कोषाध्यक्ष, मेलम्ची भ्याली क्याम्पसमा सचिव, कोषाध्यक्षलगायत सदस्यमा जितेर संगठन पहिलो बनाएको छ ।
२९ चैत्र २०८१, शनिबार १७:१५