/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले ध्यानाकर्षणपत्र बुझाएको छ । निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनालाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले ध्यानाकर्षणपत्र बुझाएको हो ।
२०६८ मा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता भएको थियो ।
यसको लागत १४ अर्ब थियो । निर्धारित समयभन्दा निकै ढिलो भएकोले २२ अ
र्ब रुपैयाँसम्म लागत पुगेको छ। यो आयोजनाको ढिलाइले स्थानीय समुदाय, लगानीकर्ता र देशकै ऊर्जाक्षेत्रमा ठूलो आर्थिक तथा सामाजिक प्रभाव परिरहेको छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले आयोजनाको निर्माण समयमा नभएको भन्दै गम्भीर चासो व्यक्त गरेको छ। संघका अध्यक्ष बुद्धराज बस्नेतसहितको टोलीले शुक्रबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
सम्पूर्ण उद्योगी , व्यवसायी र सिन्धुपाल्चोक जनताको प्रतिनिधित्व गर्दै आयोजनासमक्ष गम्भीर असन्तुष्टि पोखेको हो ।
आयोजनाको ढिलाइका मुख्य कारण आयोजना प्रवर्तक, प्राविधिक, परामर्शदाता ,ठेकेदार पक्षबीच समन्वयको अभाव, प्राविधिक र प्रशासनिक कमजोरी र राजनीतिक हस्तक्षेप भएको उल्लेख गरेको छ ।
१५ पुष २०८१, सोमबार १२:३७