सिन्धुपाल्चोकको गुफा डाँडामा जलवायु दिवस मनाईदै


जनतापत्र, मेलम्ची ।
मेलम्ची नगरपालिकाद्धारा गुफा डाँडामा जलवायु दिवस मनाईदै
गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको छ ।
मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात पुस १७ गते गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्न लागेको हो ।

मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा हुन लागेको पाँचौ जलवायु सम्मेलनको सम्झना र जलवायु परिवर्तनले पुर्याउने असरको सम्वन्धमा छलफल गर्दै उक्त दिवस आयोजना गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ ।
नगर प्रमुख आइतमान तामाङले दिवसको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा २०७५ सालमा जिल्ला समन्वय समिति महासंघको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको संयोजनमा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन भएको थियो ।
उक्त सम्मेलनमा ७७ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख तथा जलवायु परिवर्तन र वातावरण विज्ञहरुको उपस्थिति रहेको थियोा ।

उक्त समयमा सोहि बेला जलवायु परिवर्तनलाई संकेत गर्ने स्ट्याचुको अनावरण तथा ७७ जिल्लाको नाम अंकित राष्ट्रिय झण्डा फहराएर सम्मेलन उद्घाटन गर्दै लगातार २०७८ सालसम्म जिल्ला समन्वय समिति महासंघद्धारा दिवसको आयोजना भएको थियो ।
महासंघले २०७९ बाट कार्यक्रमलाई निरन्तरता दिन छाडेको छ । सो लगतै गत वर्ष मेलम्ची नगरपालिकाले विभिन्न कार्यक्रम गरी दिवसको आयोजना गरेको थियो।

जलवायु सम्मेलन भएको पर्यटकीय स्थल गुफा डाँडामा नगरपालिकाद्धारा विभिन्न संरचनाहरुको निर्माण समेत भइसकेको छ ।
नगरपालिकाले दिएको जानकारी अनुसार, समुन्द्रि सतहबाट दुई हजार दुई सय ५० मिटर उचाईमा पर्ने गुफा डाँडामा उक्त दिन सांस्कृतिक प्रस्तुती तथा जलवायु विज्ञको प्रस्तुतिकरण सहितको कार्यक्रम हुने भएको हो ।

८ पुष २०८१, सोमबार ११:५५