/*php the_title();*/?>

सुनिता रखाल चौतारा ।
प्रशासन ब्यबस्थापन र बिकास केन्द्रले सार्बजनिक सेवा प्रबाहमा विविध आयाम विषयक एक दिबशिय अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रशासन ब्यबस्थापन र बिकास केन्द्रका अध्यक्ष राम शरण चिमोरियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
सो कार्यक्रममा पुर्व सचिव गोपि मैनालिले सेवा व्यवस्थापन सुधारको प्रविति, एजेन्सीहरुको अभ्यास, सेवा सुधारमा नागरीक विवेचना संयन्त्र, सेवाग्राहीको सामान्य अनुभति,जस्ता विषयमा सहजिकरण गर्नुभएको थियो । उदाहरणिय व्यक्तिको कथाले पनि काम गर्न सहयोग गर्छ । कर्मचारीले काम गर्दा आफुलाईनै विर्सेर काम गर्नुपर्छ । काम गर्दा कर्मचारीलाई गालि गर्छन्, असन्तुष्टी जनाउछ,त्यसको वावजुत सेवा लिन आउने सेवाग्राहीलाई हसिलो भएर छिटो छरितो तरिकाले सेवा दिनुपर्ने कुरा मैनालिले गर्नुभएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापा ,अनुसन्धानका प्रमुख राजन बिक्रम प्रजापती , भोटेकोसी गाउपलिकाको प्रसासकिय प्रमुख, चौतारा जिल्ला अस्पताल का डाक्टर, नेपाल बिधुत प्रधिकरनका प्रमुख, जिल्ला बन कार्यालयका बन अधिकृत , कोस तथा लेखा परिक्षणका प्रमुख, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।
सो कार्यक्रम सन्चालन कोष हरि निरौलाले गर्नुभएको थियो ।

२० फाल्गुन २०८१, मंगलवार ०५:३०