/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ ( समिर), पुर्व मन्त्री निमा लामाद्धारा मेलम्ची –७ स्थित दुवाचौर सामुदायिक भवन उद्घाटन गरिएको छ । गत शनिबार आयोजित एक कार्यक्रममा सो भवनको उद्धाटन गरिएको हो ।
सबैको पहलले सामुदायिक भवन बनेको भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तामाङले बताउनुयो । उहाँले यसले समुदायलाई सहज हुने र चुनाबी प्रतिबद्धता पुरा गर्दै गएको जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा आफ्नो भनाइ राख्दै पुर्वमन्त्री निमा लामाले भवन निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गर्नुभयो ।
उहाँले दुवाचौरलाई पर्यटकिय क्षेत्र बनाउन सबैले पहल गरे सफल हुने र त्यस स्थानको सडक सुधार र होमस्टे , होटल खोल्न सके पर्यटक अझै बढ्ने जानकारी दिनुभयो ।
यहाँका मोटरबाटो , पक्की पुल लगायतका लागि स
ंघ र प्रदेश सरकारको वडा अध्यक्ष पासाङ तामाङ ,पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले ध्यानाकर्षण गराउनुभएको थियो ।
सामुदायिक भवनबाट यहाँका ५५ घर लाभान्वित हुने भएका छन् । भवन निर्माणका लागि वडाबाट ४ लाख, बागमती प्रदेशसभाबाट तत्कालीन मन्त्री निमा लामा मार्फत १५ लाख र प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ(समिर)को पहलमा रु २० लाख तथा स्थानीयको सहयोग गरि करिव ४० लाखको लगानिमा भवन बनेको हो ।
६ माघ २०८१, आईतवार १२:२५