सानोसिरुवारीमा सामुदायिक भवन शिलान्यास


जनतापत्र, चौतारा ।
मैत्री साना किसान सामुदायिक भवन शिलान्यास कार्य सम्पन्न भएको छ ।
चौतारा साँगाचोक गढी नगरपालिका ७ स्थित सानोसिरुवारीमा उक्त सामुदायिक भवनको निर्माणका लागि शिलन्यास कार्य भएको हो ।
बागमती सरकारको रु ४० लाख बजेटमा निर्माण हुन लागेको हो ।
गत मंगलबार बागमती प्रदेश सांसद एवम पूर्वभौतिक पूवर्
ाधार विकासमन्त्रि युवाराज दुलाल र सांसद अमृता नेपालद्धारा शिलान्याश भएको उक्त भवनको मैत्री बचत तथा ऋण सहकारी सँस्थाले मैत्री किसान कृषक समुहको कार्यलय स्थापना गरी कृषि सामग्रीहरु बेचविखनका लागि सामुदायिक भवन निमार्ण हुन लागेको हो ।

पुर्व मन्त्रि दुलालले सानोसिरुवारीमा रहेको यस सहकारीलाई अब्बल सहकारी बनाउदै देशकै नमुना सहकारी बनाउने संकल्पकासाथ लागि परेको जानकारी दिनुभयो ।
उहाँले प्रदेश सरकारको मापदण्ड अनुसार सहकारीको सामुदायिक भवन बन्ने बताउदै किसाने उत्पादन गरेका सामग्री संकलन गर्ने जानकारी दिदै भवन गुणस्तरिय बनेको छ छैन सबैले अपनत्व महशुस गर्दै पायक परेको बेला हेर्न स्थानियलाई अनुरोध गनुर्् भयो ।

३ पुष २०८१, बुधबार १२:०४