सातौ राष्ट्रपति रनिङ शिल्ड माथि ईर्खुको कब्जा


जनता, चौतारा ।
सातौ राष्ट्रपति रनिङ शिल्ड माथि ईर्खुले कब्जा गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको चौताराको आयोजनामा भएको उक्त नगरपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै इर्खु मावि, ईर्खुले कब्जा गरेको हो ।
मंगलबार सम्पन्न प्रतियोगितामा इर्खु मावि, ईर्खुले समग्रमा २१ स्वर्ण, १५ रजत र ६ कास्य पदक जित्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । हाल सम्म यो सहित इर्खु माविले लगातार तेस्रो पटक जित निकाल्न सफल भएको छ ।
त्यस्तै श्री कृष्ण रत्न गंगा मावि चौताराले १
६ स्वर्ण , १५ रजत र ५ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ ।
सेती देवी मा.वि स्याउलेले ६ स्वर्ण , ४ रजत र ७ कास्य पदक जित्दै तेस्रो स्थानमा बनाउन सफल भएको छ । उक्त प्रतियोगितामा २४ विद्यालय सहभागी भएको थियो । श्री दक्षिणकालि मा.वि , बतासेले खाता खोल्ननै सकेन ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा खेलकुद प्रतियोगिताका विजेताहरूलाई नगर प्रमुख कृष्ण प्रसाद सापकोटा र नगर उपप्रमुख सिता थापाले शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरेको हो ।

१७ पुष २०८१, बुधबार ११:५४