/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
सांसद माधव सापकोटा ‘सुबोध’ जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर निर्वाचन आयोगबाट आधिकारिक प्रमाणपत्र बुझेको दुई वर्ष पूरा भएको दिन सांसद सापकोटाले दोस्रो वर्षको कार्य विवरण सार्वजनिक गरेका गनुभएको छ ।
उहाँले मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत वर्षभरिका मुख्य कार्यहरू सार्वजनिक गर्दै जनप्रतिनिधि बनाउने मतदाताहरूलाई धन्यवाद दिनुभएको छ ।
उहाँले हरेक वर्ष आफ्ना क्रियाकलापहरू सार्वजनिक गर्ने परम्परा स्थापना गरेको बताउँदै गत वर्ष जिल्लाका संघ र प्रदेशका गरी चार जना सांसदहरूले संयुक्त रूपमा पत्रकार सम्मेलनमार्फत कार्य विवरण सार्वजनिक गरे पनि यस वर्ष भने सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत जानकारी गराएको बताउनुभयो ।
तीन पृष्ठ लामो आफ्नो कार्य विवरणमा सांसद सापकोटाले संसदीय कार्य, निर्वाचन क्षेत्रमा पुरा गरेका प्रतिवद्धता, संसदमा बोलेका निर्वाचन क्षेत्र र राष्ट्रिय मुद्दा, विकास निर्माण र अन्तर्राष्ट्रिय फोरममा सहभागितालगायतका विषयलाई समेटेको बताउनुभयो ।
१३ मंसिर २०८१, बिहीबार ११:५६