सर्वोच्चमा दर्ता भयो प्राधिकरणका कार्यकारी निर्देशकको रिट


जनतापत्र, काठमाण्डाँै ।
सवोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट दर्ता भएको छ । आफ्नो साढे ३ वर्ष पुरानो मुद्दाको टुंगो लगाउन उनको रिट सवोच्चमा उनि पुगेका हुन् । उक्त अवधिको सेवासुविधा माग गर्दै शाक्य बुधबार सर्वोच्च पुगेका थिए ।
सर्वोच्च प्रशासनले भने बिहीबार रिटमा रीत नपुगेको भन्दै सच्याउन अवसर दिएको थियो । शाक्यले सच्याएपछि बिहीबार नै दर्ता भएको हो । उनको रिटमा चैत १५ गते पेसी तोकिएको छ ।

१३ चैत्र २०८१, बिहीबार १२:२१