/*php the_title();*/?>
जनतापत्र, सिन्धुपाल्चोक ।
सरकारमा नहुँदा आफु रिल्याक्समा रहेको पूर्वप्रधानमन्त्रि तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयो ।
सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटेमा आज देखि महिला तथा पुरुष
भलिबल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन गर्न आउनुभएका पुर्व प्रधानमन्त्री प्रचण्डले सिन्धुपाल्चोकक जिल्लाका नवनिर्वाचित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । त्यस्तै उहाँले ओली सरकार टिकिराखोस् भन्ने पक्षमा नरहेको बताउनु भएको छ ।
पार्टी अहिल्यै सरकार गिराउने र सरकारमा जाने अभ्यासमा नरहेको बताउदै अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको वर्तमान सरकार टिकिराखोस् भन्ने चाहाना नरहेको बताउनु भएको हो । उहाँले बर्तमान सरकार असंवैधानिक र अप्राकृतिक रहेको समेत दाबि गर्नुभयो । उहाँले भन्नुभयो, सरकार टिकिराखोस् भन्ने हाम्रो चाहाना छैन,’ दाहालले थप्नुभयो, ‘मैले मिति घोषणा गर्न सक्दिन । तर यो सरकारको आयु चाहिँ धेरै छैन ।’ उहाँले सरकारको क्रियाकलाप हेर्दा नै यो धेरै नटिक्ने अवस्था आएको बताउनुभयो ।

उहाँले अहिले आफूहरु जनताको बिचमा रहेको र सरकार गिराउने र बनाउने खेलमा पार्टी नगाल्ने जिकिर गर्दै सरकारलाई असंवैधानिक, अप्राकृितक संज्ञाल दिनुभयो । उहाँले भन्नुभयो, ‘दुई तिहाइको सरकार भए पनि संसद छलेर अध्यादेशमार्फत मुलुक चलाउने चेष्टा भइरहेको छ । यो निरीह सरकार हो ।’
१ माघ २०८१, मंगलवार ०७:५२