समाज विकास माविले मनायो ३६औं वार्षिकोत्सव


जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ बतासे खाले स्थित रहेको श्री समाज विकास माध्यमिक विद्यालयको ३६औं बार्षिकोत्सव अभिभावक भेला तथा भूतपूर्व विद्यार्थी समारोह कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर सीता थापाले समाज बिकास माध्यमिक विद्यालयको गुणस्तरीय शिक्षाका निम्ति नगरपालिका सँधै सकारात्मक रहने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि शिक्षक अभिभावक प्रशासन र विद्यार्थीको समन्वयले मात्रै प्रभावकारी शिक्षा प्रदान गर्न सकिने उहाँको भनाई थियो ।
तामाङ समुदायबिचमा रहेको उक्त विद्यालयले उदाहरणीय कार्य गर्न आग्रह गर्दै अहिले देश नै विद्यार्थी विहिन स्थितिमा पुग्न लागेको बताउदै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नगरभित्रको सम्पूर्ण विद्यालयमा शैक्षिक गुणस्तर विकासका निम्ति नगरपालिका लागि परेको समेत बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर तामाङले शिक्षा सिकाइको उपलब्धिका आधारमा वडाले सबै बिद्यालयलाई सहयोग गरिरहेको बताउँनु हुँदै गुणस्तरिय शिक्षा नै आजको आबश्यकता भएको बताउँनु भयो ।
विद्यालयका प्रधानाध्यापक सरोज विष्टले सबै शिक्षक, कर्मचारी, भूतपूर्व विद्यार्थि, विद्यालय व्यवस्थापन समितिको सहयोगका कारण विद्यालय अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो ।
विशेष अथिति समाजसेवी तथा व्यवसायी रमेश थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा चौतारा साँगचोकगढी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु ,समाजसेवी , बुद्दिजिवी, विभिन्न विद्यालयका प्रतिनिधिहरुको अभिभावक, भुतपूर्व विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । नगरपालिका भित्रको दुर्गम बस्ती खाले आसपासमा रहेका जनजाती बस्तीको बाहुल्यता भएको सोहि विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत २१७ जना विद्यार्थी रहेका छ

८ पुष २०८१, सोमबार ११:३४