सबै सरोकारवालाहरुले शैक्षिक गुणस्तर सुधार्न प्रयत्न गर्नुपर्ने नगर प्रमुख तामाङको जोड


जनतापत्र, मेलम्ची ।
शैक्षिक गुणस्तर सुधार गर्नको लागि सम्बन्धित सबै सरोकारवालाहरुले साझा प्रयत्न गर्नुपर्ने मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतामान तामाङले जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे डब्ल्याङ मानेडाँडास्थित श्री गोल्मेश्वरी आधारभूत विद्यालयमा शुक्रवार विद्यार्थी पोसाक वितरण एवम् सहयोगदाता सम्मान कार्यक्रम नगप्रमुख तामाङले यस्तो बताउनुभएको हो ।
उहाँले कार्यक्रममा शिक्षासँग सरोकार राख्ने जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, आमा समूह, प्रधानाध्यापक , शिक्षक, बाल क्लब , अभिभावक लगायत सरोकारवाला सबै शैक्षिक गुणस्तर अभिवृद्विका लागि अभिन्न अङ्ग भएको जनाउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको तामाङले शिक्षामा गुणस्तर नहुनुमा एक अर्को बिचको दोषारोपण मुख्य समस्याको रूपमा औंल्याउनु अभिभावकले शिक्षकलाई दोष दिने, शिक्षकले विद्यार्थी र अभिभावकलाई दोष दिने, प्रधानाध्यापक र विव्यसले वडा÷ नगरपालिकालाई दोष दिने प्रवृत्ति रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष किरणदीप खड्काको बिषेश आतिथ्यता रहेको थियो ।
उहाँले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयमा अध्ययनरत छात्रछात्राहरुक
ो शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै नियमित विद्यालय पोसाकको माध्यमबाट कक्षाकोठाको वातावरण अनुशासित र मर्यादित भइ शैक्षिक गुणस्तरका लागि विद्यार्थी पोसाक फलदायी बन्ने जानकारी दिनुभयो ।

२३ मंसिर २०८१, आईतवार १३:३८