/*php the_title();*/?>
जनतापत्र, काठमाडौं — पछिल्ला दिनहरूमा तीव्र बनेको जेनजी आन्दोलन आज फेरि संघीय संसद भवनसम्म पुगेको छ। सोमबार भएको सुरक्षा निकायको बल प्रयोगबारे असन्तोष प्रकट गर्दै आन्दोलित युवाहरू संसद भवन परिसरभित्र छिरेको पुष्टि भएको छ।
अघिल्लो दिनको घटनामा प्रहरीले भीड नियन्त्रणका क्रममा गोली चलाउँदा मानवीय क्षति भएको थियो। अनौपचारिक विवरणअनुसार १९ जनाको ज्यान गएको र करिब ४०० जना घाइते भएका थिए। आजको प्रवेशलाई त्यही घटनाको प्रत्यक्ष प्रतिक्रिया मानिएको छ।

संसद भवन वरिपरि अहिले कडा सुरक्षा व्यवस्था गरिएको छ। थप झडप नहोस् भन्नका लागि सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ भने राजनीतिक नेतृत्वले संवादमार्फत समाधान खोज्नुपर्ने आवाजहरू पनि बलियो हुँदै गएका छन्।
२४ भाद्र २०८२, मंगलवार १४:१४