श्री जनविकास माविले मनायो ४९औं बार्षिकउत्सव


सुनिता रखाल, चौतारा ।
श्री जनविकास माविले आफ्नो ४९औँ बार्षिकउत्सव भव्यताका साथ मनाएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका उप प्रमुख सिता थापाकोे प्रमख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । थापाले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जनविकासले जुनसुकै कार्यक्रममा भाग लिदा राम्रो नतिजा हासिल गरेको र यो विद्यालय नगरको नमुना विद्यालय पनि हो । शिक्षाको प्रमाणपत्र हातमा लिने मात्रै नभई अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने उत्पादन गर्न जरुरी छ भन्ने जानकारी दिँदै,े नगरपालिकाले निशुल्क शिक्षाको अवधारणामा विकास गर्दै आएको र आगामी वर्षमा अझै गुणस्तरमा सुधार गर्दै जाने बताइन् ।
बिद्यालय स्थापना गर्ने संस्थापक स्वर्गीय जनकराज गिरीको अगुवाइमा स्थानियले अन्नबालि उठाएर श्रमदान गरी स्थापना गरेकोले यस भेगमा विद्यार्थीलाई पढ्नका लागी सहज वातावरण भएको छ ।
शिक्षा देशको मेरुदण्ड भएको बताउदै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख वैकुण्ठ सुवेदीले शिक्षा पढ्नु मात्रै नभइ नैतिकवान चरित्रवान र अनुशासित बन्नु र समुदायलाई सामाजिकिकरण र कर्तव्य परायन बनाउन सक्ने जानकारी दिए । आगामी शिक्षा टिक्ने टिकाउने र बिक्ने बिकाउने शैक्षिक जनशक्ति उत्पादन गर्नमा जोड दिन बिद्यालयलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा वोल्दै यसै वडाका अध्यक्ष रोशनराज गिरीले विद्यालयको गुणस्तरलाई ध्यान दिएर सानो कक्षा नर्सरी देखि ३ सम्मको लागी प्राथमिकतामा राखी अग्रजी वोल्ने बानिको विकास गरीदिने व्यवस्था मिलाउन सके गाउँका वुहारी शहर नपस्ने र बालबालिकाले पनि हजुरबुबा आमाको काखमा खेल्न पाउने वताए ।
कार्यक्रममा राष्ट्रिय हास्यकलाकार(महादेव त्रिपाठी ) मिरासराज गिरीले आफ्नो कला देखाउदै विद्यालको वार्षिकउत्सवमा साउण्ड सस्टिमको राम्रो व्यवस्था नभएको हुँदा साउण्ड सिस्टमको व्यवस्थाको लागी रु ५०,००० (पचासहजार मात्र) सहयोग गर्ने वताए ।
विद्यालयको ४९ औं वार्षिकोत्सबको अवसरमा वर्ष उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुनुहुने शिक्षक मित्रहरु द्वय वेद प्राद पराजुली र जीवन कुमार बि.सी. तथा दिर्घ सेवा बाट सम्मान हुनुहुने जानुकादेवी नेपाल मिसलाई सम्मान गरीएको छ । गरीव तथा जेहेन्दार विद्यार्थीलाई स्वर्गिय निर्मला साहित्य कोष, स्वर्गीय तारादेवी गिरी स्मृति कोष, विष्णुराज गिरी जेष्ठनागरीक भता कोषबाट छात्रवृति वितरण गरेका थिए । नृत्य तथा खेलको विभिन्न विधामा खेलखेलेर प्रथम द्धितिय र तृतिय हुने विद्यार्थीलाई मेडल पुरस्कार वितरण गरेको थियो ।
सिन्धुपाल्चोकको इकाई प्रमुख, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा अन्य विशेष व्यक्तित्वहरुको विशेष आतिथ्यतामा सम्पूर्ण अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थी तथा उपस्थित महानुभावहरुका साथमा विविध सांस्कृतिक कार्यक्रमका गरी भव्य रुपमा सम्पन्न भएको थियो ।

चौतारा साँगाचोकगढी नगरपालिकाकी उप प्रमुख सिता थापा र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख वैकुण्ठ सुवेदीले विरुवा रोपेर कार्यक्रमको उत्घाटन गरेका थिए ।

२३ पुष २०८१, मंगलवार ०५:५०