/*php the_title();*/?>
जनतापत्र, इन्द्रावति
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँपालिकामा श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
यही पुस १६ गतेदेखि २२ गतेसम्म उत्त महायज्ञ सञ्चाल हुन लागेको हो ।
इन्द्रावती गाउँपाललिका– ६ स्थित वसन्तपुरमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिन लागेको हो ।
गौखुरेश्वर फलाँटेश्वर गडगडेधाम विकास उपभोक्ता समितिको आयोजनामा हुन लागेको उक्त महायज्ञमा
विभिन्न पण्डितहरूले कथा वाचन गर्ने भएका छन
।
वसन्तपुरस्थित एक अनन्त कालदेखि पूर्खाहरूले अहिलेसम्म पूजा गर्दै आएको र गाईको खुट्टाको डाम ढुंगोमा देखिएकाले त्यहाँ भगवान् महादेवको वास रहेको जनविश्वास रहेको ठाउँमा अहिले श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।
गौखुरेश्वरमा गाईले स्वयं दुध चढाएको जनविश्वास रहेको छ । स्थानीय समुदायमा गौखुरेश्वर महादेव साक्षात् शिवजी भएको विश्वास गरिन्छ । गौखुरेश्वर फलाँटेश्वर महादेव धाममा गड्गडाएर सधैँभरि पानीको मूल फुटेको हुँदा गड्गडे भन्ने नामले परिचित यस धाममा मुक्तिनाथको झझल्को आउने स्थानियहरुले बताएका छन् ।
०७२ सालको भूकम्पको कारणले गौखुरेश्वर फलाँटेश्वर महादेव प्रांगणमा पाटी, पौवा, सत्तलहरू भत्केर भग्नावशेष ध्वस्त भएको थियो ।
त्यस स्थानमा नयाँ मन्दिर, शिव पाञ्चायन, पञ्चमुखी हनुमान, बुढानीलकण्ठ, नवग्रह, सप्तऋषि, अष्टचिरञ्जीवी, स्वस्थानी, पाथीभरा, दक्षिणकाली आदि देवी देवताको मूर्तिमा पुजा अचर्ना हुने गरेको पाइन्छ ।
उक्त स्थानमा १०८ गौमुखे ढुंगेधारा, ६४ शिवलिंग, मुक्तिनाथ मन्दिर रहेको छ । पितृ तीर्थ निर्माण गर्ने डिपिआर तयार भइसकेको छ । त्यस कार्यलाई पूर्णता दिन श्रीमदभागवत महायज्ञको आयोजना गरिएको श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ
का अध्यक्ष पण्डित रामकृष्ण आचार्यले जानकारी दिँदै कथा श्रवण गरी जन्मजन्मको पुन्य भागी बन्न अनुरोध गर्नुभएको छ ।
११ पुष २०८१, बिहीबार १२:०९