/*php the_title();*/?>
जनतापत्र, बाह्रबिसे ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकहरुलाई प्रमान पत्र र सुरक्षा सामग्री वितरण गरिएको छ ।
श्रमको सम्मान राष्ट्रको अभियान भन्ने नाराका साथ आज बाह्रबिसे नगरपालिका स्थित कपर्ड हलमा श्रमिकहरुलाई प्रमान पत्र र सुरक्षा सामग्री वितरण गरिएको हो ।
नगरपालिका उप प्रमुख मन्जु तामाङ र प्रमुख प्रसाशकिय अधिकृत ईस्वरी प्रसाद शर्माले चालू आर्थिक बर्षमा नगरपालिकाबाट ७६ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएका श्रमिकलाई उक्त सामाग्रि वितरण गर्नुभएको हो ।
नगरपालिकामा यस बर्ष वडा न ५,६,७,८,९, बाट छनोट हुँदा गत बर्ष वडा नं १ देखि ५ सम्मका श्रमिकहरुहरु रोजगारीमा छनोट भएको थिए ।
यस बर्ष वडा नं ५ भने पुन राजगारी प्राप्ता गर्नेमा छानिएको रोजगार नगरपालिकाले जानकारी दिएको छ ।
बाह्रबिसे नगरपालिकामा बिगत तीन बर्षबाट आबस्यकताका आधरमा प्रधानमन्त्री रोजगारका लागि बजेट बिनियाजित गरेको बताउँदै उप प्रमुख मन्जु तामाङले गत आबमा वडा नं १ बाट उत्कृष्ट काम गरेबापत सम्मान गरेको जानकारी दिनुभयो ।
स्थानीय तहको रोजगारी सेवा केन्द्रबाट पछिल्लो समय आफ्नो पालिका भित्रका बेरोजगारी सुचीमा सुचिकृत नागरिकहरुलाई गाउमै रोजगारी सृजना गर्ने उदेश्यले प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गरेको नगरपालिकाले जनाएको छ ।
५ पुष २०८१, शुक्रबार १२:०६