शुभकामना तथा चियापान कार्यक्रम


जनतापत्र, चौतारा ।
बिजय दशमी २०८१ को अवसरमा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) मेलम्ची नगर समितिद्धारा नेपालीहरूको महान चाड बिजया दशमी, शुभ दिपावली र नेपाल सम्वत् ११४४ एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।

मेलम्ची बजार स्थित पार्टी प्यालेसमा भएको कार्यक्रम पार्टीका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला समन्वय समिति इन्चार्ज केशव नेपालको प्रमुख आतिथ्यमा र मेलम्ची नगर समिति अध्यक्ष सिपि दुलालको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्
िद्रय सदस्य युवराज दुलाल शरद,चन्द्रबहादुर थापा,नेकपा एमालेका केन्द्रिय अनुशासन आयोग सदस्य डम्बर अर्याल,मेलम्ची नगरपालिकाका प्रमुख एवम् नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २का क्षेत्रिय सभापती,आइतमान तामाङ,उपप्रम’ख उमा प्रधान लगायत सक्रिय राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

२१ आश्विन २०८१, सोमबार १२:१५