शिक्षक संगठन सिन्धुपाल्चोकद्धारा तेस्रो जिल्ला परिषद् भेला


जनतापत्र, चौतारा ।

चौतारामा एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुपाल्चोकद्धारा तेस्रो जिल्ला परिषद् भेला सम्पन्न भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहको शिक्षकहरुको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
भेलामा सवै पालिकाहरुले आफ्नो भौगोलिक, सांगठानीक र शैक्षिक अवस्थाको वारेमा रिपोर्ट पेश गर्दै उनिहरुले पटक पटक गरि आन्दोलन र बार्तामा भएको सहमति र सम्झौलाई लत्याएर शिक्षकलाई राज्यले उपेक्षा गरेको भन्दै नेताहरुको ध्यानाकर्षण समेत गरेका हुन् ।
समाजको ऐना हो भनेर शिक्षकलाई भन्ने तर अस्थाई, करार र बिद्यालय कर्मचारीको हकमा भने ठोस निर्णण नगरि काममा मात्र लगाएको भनि उनिहरुले बताए ।
समग्र रुपमा उठेका सवालहरुमा कार्यक्रमका प्रमुख अतिथी माओबादीका केन्द्रिय सदस्य कृष्णप्रसाद सापकोटा, सांसद् माधव सापकोटा र संगठनको नेताहरुले आस्वस्त पारेका थिए । शिक्षकको सामस्यामा सदैव पार्टीले आवाज उठाएको छ ।

र, यसै सवा सन्दर्भलाई पनि संसदमा प्रभावकारी रुपमा उठाएको भन्दै छिट्टै समस्या समाधानको दिशामा अघि बढ्ने सांसद माधव सापकोटाले बताए ।

४ आश्विन २०८१, शुक्रबार ११:५२