/*php the_title();*/?>
जनतापत्र, इन्द्रावति ।
गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता इन्द्रावतिमा सुरु भएको छ । श्री नवलपुर माध्यामिक विद्यालयको आयोजना र इन्द्रावति गाउँपालिका वडा नं ४ को ४ को आर्थिक सहयोगमा सो भलिबल प्रतियोगिता सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडा नं ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले प्रतियोगिता निकै बिशेष भएको र यसले शिक्षकहरुलाई अझ त्रियाशिल बनाउने जानकारी दिनुभयो ।
सो कार्यक्रममा ८ वटा विद्यालयले सहभागिता जनाएका छन् । साथै प्रथम, द्धितिय र तृतिय हुने टोलिले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
१४ आश्विन २०८१, सोमबार १२:११