/*php the_title();*/?>
जनतापत्र, जुगल ।
शिक्षकहरुका लागि आत्मरक्षा तालिम प्रदान गरिएको छ ।
जुगल गाउँपालिका भित्रका विभिन्न विधालयमा कार्यरत शिक्षकहरुका लागि लक्षित गरी उक्त तालिमा प्रदान गरिएको हो ।
महिला आत्मरक्षा तालिमको जुगल गाउँपालिकाको उपाध्यक्ष हिमाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । गत शुक्रबार देखि सो तालिम महिलाहरूलाई ३ आइतबार सम्म आत्मरक्षा तालिम संचालन गरिएको थियो ।
महिलाहरूलाई आत्मरक्षाको ज्ञान र सीप प्राप्त गर्न तालिम उपयोगी हुने जुगल गाउँपालिका उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले आत्मरक्षा तालिमले महिला हिंसा र दुव्र्यवहारका घटना नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।
कसैले दुव्र्यवहार गर्न खोजे, बलात्कारको प्रयास गरे, गलत
िनयत राखेर हातपात गर्न खोजे कसरी जोगिने भन्ने विषयमा शिक्षकलाई विद्यार्थी सम्म ज्ञान दिन प्रदेश युवा स्वयमसेवक रुपक दुलालले अनुरोध गर्नुभयो ।
विज्ञ र विशेषज्ञ सहित जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमा शंकर प्रसाद यादवले तालिमको सहजिकरण गर्नुभएको थियो ।
महिलाहरुलाई संभावित दुव्र्यवहार वा हिंसाबाट कसरी बच्ने भन्ने बिषयमा प्रयोगात्मक तालिम दिइएको छ ।
१८ फाल्गुन २०८१, आईतवार १२:५४