/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधी उत्पादन हुँने भएको छ ।
सिहंदरबार वैद्यखानामा हाल १३ किसिमका आयुर्वेद औषधी उत्पादन भइरहेको र ४० किसिमका औषधीको उत्पादनको तयारी भइरहेको बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।
सय दिनमा आफूले सङ्घीय अस्पतालका उपकरणहरुको मर्मत सम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी अस्पतालका उपकरणहरुको मर्मत कार्य सुरु गरेको उहाँको भनाइ छ ।
शहीद गंगालाल हृदय केन्द्र, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र कान्ती बाल अस्पतालका बिग्रिएका उपकरणको मर्मत सम्भार अहिले जारी रहेको उहाँले बताउनुभयो ।
८ कार्तिक २०८१, बिहीबार ११:४१